रूससँग युद्ध सुरू भएको ५० दिन पुगेपछि जेलेन्स्कीले के भने ?

डिसी नेपाल
२ वैशाख २०७९ १२:३४
904
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धको ५० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरूलाई सम्मान गरेका छन् ।

जेलेन्स्कीले भने, “एक बहादुर देशका अटल जनता। हामी ५० दिन उभियौं, जबकि कब्जाकर्ताहरूले हामीलाई पाँच दिन जति मात्रै दिएका थिए।”

धेरै पश्चिमा नेताहरुसँगको वार्ता र भेटघाटको स्मरण गर्दै उनले भने, ‘यी ५० दिनमा मैले विश्वका धेरै नेताहरुलाई विभिन्न तरिकाले देखेको छु ।

उनले भने, “मैले राजनीतिज्ञहरू आफूसँग शक्ति नभएको जस्तो व्यवहार गरेको देखेको छु। नेतृत्व गरेको दाबी गर्नेभन्दा पनि यो ५० दिनमा धेरै काम गरेका गैरराजनीतिक मानिसहरू देखेको छु।”

जेलेन्स्कीले मोस्क्वा युद्धपोत डुबेको सीधा उल्लेख गरेनन्, तर युक्रेनी सेनाको प्रशंसा गरे र उनीहरूले “रूसी जहाजहरू तल जान सक्ने” देखाएको बताए।

उनले भने, ‘५० दिनको रक्षा हाम्रो लागि उपलब्धि हो, यो युक्रेनका करोडौं जनताको उपलब्धि हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *