इतिहासकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाको हात !

डिसी नेपाल
२ वैशाख २०७९ १२:५०
1.4k
Shares

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार मार्च महिनामा एक अनलाइन गेमिङ कम्पनीसँग सम्बन्धित ६१५ मिलियन डलर क्रिप्टोकरेन्सी चोरी प्रकरणमा उत्तर कोरियाली ह्याकरहरूको संलग्नता रहेको पाइएको छ ।

मार्चमा ‘एक्सी इन्फिनिटी’ नामको लोकप्रिय अनलाइन गेमिङ कम्पनीलाई ठूलो झट्का लागेको थियो। यस कम्पनीले आफ्ना ग्राहकहरूलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी कमाउने अवसर दिन्छ।

अमेरिकी अधिकारीहरुका अनुसार क्रिप्टोकरेन्सीको इतिहासमा यो सबैभन्दा ठूलो ह्याकिङमा उत्तर कोरियाको ‘लाजरस’ समूह संलग्न रहेको छ । यो समूह उत्तर कोरियाको इन्टेलिजेन्स ब्यूरोले सञ्चालन गरेको मानिन्छ ।

एफबीआईले बिहीबार आफ्नो बयानमा भनेको छ, “हाम्रो अनुसन्धानमा हामीले लाजरस समूह र एपीटी ३८ का साइबर आक्रमणकारीहरू यस चोरीको लागि जिम्मेवार रहेको पायौं।”

लाजरस समूह सन् २०१४ मा चर्चामा आएको थियो जब सोनी पिक्चर्स ह्याक गरेको र यसको गोप्य डाटा सार्वजनिक गरेको आरोप लगाइएको थियो।

उक्त समूहले सोनीलाई आफ्नो आगामी फिल्म ‘द इन्टरभ्यु’ रिलिज नगर्न आग्रह गरेको थियो । त्यो कमेडी फिल्म उत्तर कोरियाली शासक किम जोङ उनको हत्याको षड्यन्त्रमा बनेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *