इजरायलले बनायो घातक ‘लेजर मिसाइल’, दुश्मनका विमान १ सेकेण्डमै ध्वस्त हुने
काठमाडौं । इजरायल लेजर क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सफलतापूर्वक परीक्षण गर्ने पहिलो केही देशहरूमध्ये एक भएको छ। इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ‘आइरन बीम’ को सफल परीक्षणको भिडियो शेयर गर्दै यो जानकारी दिएका हुन् । बेनेटले भनेका छन् ‘यो तपाईलाई साइन्स फिक्सन फिल्म जस्तो लाग्न सक्छ, तर अब यो वास्तविकतामा परिणत भएको छ।’
इजरायली प्रधानमन्त्रीले प्रतिरक्षा प्रणालीले मानवरहित विमान, रकेट र मोर्टारलाई एकै प्रहारमा निकै कम खर्चमा नष्ट गर्न लेजर बीम प्रयोग गरेको जानकारी दिए। ट्वीटरमा परीक्षणको भिडियो शेयर गर्दै बेनेटले लेखेका छन्, ‘इजरायलले नयाँ आइरन बीम लेजर प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ। यो विश्वको पहिलो ऊर्जामा आधारित हतियार प्रणाली हो जसले मानवरहित विमान, रकेट र मोर्टारलाई एकै शटमा मात्र साढे ३ डलरमा नष्ट गर्न लेजर प्रयोग गर्दछ। यो साइन्स फिक्सन जस्तो लाग्न सक्छ, तर यो सत्य हो।’
यो क्षेप्यास्त्र इजरायलको सरकारी रक्षा एजेन्सी राफेल एडभान्स सिस्टमले विकास गरेको हो । इजरायलको रक्षा मन्त्रालयको अनुसन्धान र विकास टोलीका प्रमुख ब्रिगेडियर जनरल यानिभ रोटेमका अनुसार आइरन बीनको परीक्षण चुनौतीपूर्ण समयमा गरिएको हो। प्रविधिबारे उनले भने, ‘लेजरको प्रयोग गेम चेन्जर हो । यो प्रविधि एकदम सरल छ र यो धेरै महँगो छैन।’
टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार देशको रक्षा मन्त्रालयले विगत केही वर्षदेखि लेजरमा आधारित रक्षा प्रणालीको परीक्षण गरिरहेको थियो। गत वर्ष गरिएको परीक्षणमा रक्षा प्रणालीले ड्रोनलाई खसालेको थियो। तर हालै गरिएको परीक्षण सबैभन्दा सफल मानिएको छ ।
Israel has successfully tested the new “Iron Beam” laser interception system.
This is the world’s first energy-based weapons system that uses a laser to shoot down incoming UAVs, rockets & mortars at a cost of $3.50 per shot.
It may sound like science fiction, but it’s real. pic.twitter.com/nRXFoYTjIU
— Naftali Bennett בנט (@naftalibennett) April 14, 2022
रक्षा मन्त्रालयको अनुसन्धान र विकास विभागले सुरुमा २०२४ सम्म क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गर्ने योजना बनाएको थियो तर सेना यो तैनाथी पहिले नै होस् भन्ने चाहन्छ । यस विषयमा प्रधानमन्त्री बेनेटले फेब्रुअरीमा इजरायलले एक वर्ष भित्र तैनाथ गर्ने घोषणा गरेका थिए ।
इजरायली रक्षा मन्त्री बेन्नी गान्ट्जले बुधबार भने, “सुरक्षा प्रणाली चाँडो तैनाथ गर्न र कुशल, किफायती र नयाँ सुरक्षा कभर सिर्जना गर्न हरसम्भव प्रयास भइरहेको छ।” मन्त्रालयका अनुसार इजरायल विश्वको पहिलो देश हो जसले शक्तिशाली लेजर प्रविधिको प्रयोग गरी वायु रक्षा प्रणाली विकास गर्न सफल भएको छ ।
समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार यो लेजर प्रतिरक्षा प्रणाली कत्तिको प्रभावकारी छ भन्ने बारेमा धेरै कम जानकारी बाहिर आएको छ तर यसलाई जमिन, हावा र समुद्रमा तैनाथ गर्ने अपेक्षा गरिएको छ।
इजरायल आफ्ना कट्टर शत्रुहरू इरान र हमाससँग लड्न आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनमा व्यस्त छ। मिसाइल प्रतिरक्षा प्रणालीको सफल परीक्षणको यो घोषणा ११ दिने इजरायल-गाजा युद्धको वार्षिकी नजिकै आएको छ।
यसो गरेर इजरायलले हमास र इरानलाई कडा सन्देश दिएको विश्वास गरिन्छ। गत वर्ष ११ दिने इजरायल-गाजा युद्धमा गाजाको सत्तारुढ हमास आतंकवादी समूहले इजरायलमा ४ हजार भन्दा बढी रकेट प्रहार गरेको थियो।
इजरायली सैन्य अधिकारीहरूले पनि हालैका वर्षहरूमा इजरायलमा इरानको ड्रोन आक्रमण बढेको बताएका छन्। इजरायलले यसलाई इरानको ड्रोन आतङ्क भनेको छ।







डिसी नेपाल







Facebook Comment