नयाँ वर्षको अवसरमा मिलन नेवार र प्रकाशले ल्याए ‘यूके लण्डनमा’ (भिडियो)

डिसी नेपाल
२ वैशाख २०७९ १९:३२

काठमाडौं । गायिका मिलन नेवार र गायक प्रकाश सिङको स्वर रहेको ‘यूके लण्डनमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मकाउमा रहेका गायक सिङले नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएको गीतका शब्द शृजना राजु आर डीका हुन् ।

गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा चर्चित मोडल गीता ढुंगाना र अभिषेक श्रेष्ठको अभिनय रहेको छ । लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ ।

अमेरिकामा रहेका महेश जोशी, मकाउमा रहेका अ्मर लिङ्देन, अडियो नेपालका बुद्ध सयमी र काठमाडौंका सन्तोष बिश्वकर्माको सहयोगमा भिडियो निर्माण भएको गायक सिङले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *