गायक मन राजको जापानमा छायांकन गरेको ‘है माया’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२ वैशाख २०७९ १९:३८

काठमाडौं । नयाँ वर्षको अवसरमा गायक मन राज प्ल्हेमे गुरुङले ‘है माया’ बोलको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गायक मन राजकै शब्द तथा संगीतमा तयार पारिएको गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन् ।

जापनाको टोकियोका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा चर्चित टिकटक स्टार रबिन श्रेष्ठ र रमिला श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

बिनम खत्रीको छायांकन रहेको भिडियोमा रबिन र रमिलाका अलावा योकृस सुवेदी, राम खत्री लक्की, अमृता श्रेष्ठ, दिव्या तामागं, सुरज मोक्तान र पारु लामाको पनि अभिनय रहेको भिडियोको छायांकन जापनाको टोकियोका रमणीय स्थानहरुमा गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *