घरको यो दिशामा राख्नुहोस् पिरामिड, मिल्ने छ सुख–समृद्धि

डिसी नेपाल
४ वैशाख २०७९ १०:४२

काठमाडौं । वास्तुशास्त्रका अनुसार घरमा रहेको हरेक कुराले तपाईको जीवनमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्छ । त्यसैले घरमा केही कुराहरु राख्दा ध्यान दिइएमा घरको सकारात्मकता बढाउन र नकारात्मकता हटाउन सकिने वास्तुशास्त्रीहरु बताउँछन् । घरमा सकारात्मक उर्जा पैदा गर्नका लागि वास्तुशास्त्रमा धेरै नियम र उपायहरू बताइएको पाइन्छ ।

हामी घरको सजावटका लागि धेरै किसिमका सामान राख्छौं तर वास्तुका अनुसार घरमा राखिएका धेरै सजावटका सामानहरू यस्ता हुन्छन्, जसलाई सही ठाउँमा वा सही दिशामा राखिएन भने वास्तुमा दोष उत्पन्न हुन थाल्छ । घर र परिवारका सदस्यहरू विभिन्न बाधा अड्चनहरु उत्पन्न हुन्छ ।

यी सजावटमध्ये एक पिरामिड हो। घरमा सजावटको रूपमा प्रयोग गरिने पिरामिडलाई सही ठाउँमा राख्दा वास्तु दोषहरू हटाउन पनि मद्दत गर्छ। त्यसैले आज जानौं वास्तुअनुसार घरमा पिरामिड कुन दिशामा राख्नु पर्छ।

घरमा पिरामिड राख्नुका फाइदाहरू:

वास्तुशास्त्रका अनुसार घरमा पिरामिड राख्नु निकै शुभ मानिन्छ । पिरामिड राख्नाले घरका सबै सदस्यको जीवनमा सकारात्मक प्रभाव पर्छ। व्यापार, जागिरमा उन्नतिसँगै करियरको नयाँ बाटो खुल्नेछ।

पिरामिडमा धेरै सकारात्मक ऊर्जा हुन्छ। तनावग्रस्त वा थकित व्यक्तिले पिरामिडलाई आफ्नो नजिक राख्यो भने उसको मन शान्त हुन्छ र सबै प्रकारको थकान हट्छ।

पिरामिड कुन दिशामा राख्ने ?:

घरमा पिरामिड स्थापना गर्नाले घरका धेरै समस्याहरु हट्नुका साथै घरको वास्तु दोष पनि हट्ने वास्तुविज्ञहरु बताउँछन् । वास्तुका अनुसार उत्तर दिशामा राखेमा विशेष फलदायी हुन्छ । यसो गर्नाले धनको वृद्धि र आर्थिक समृद्धि हुन्छ ।

वास्तुशास्त्रका अनुसार पिरामिडलाई दक्षिण दिशामा राख्नाले शत्रुबाट मुक्ति मिल्छ। कानुनी कारबाहीमा फसेका मानिसहरूले पिरामिडलाई दक्षिण दिशामा राख्नु पर्ने बताइन्छ। यसले फाइदा दिन्छ।

पिरामिडलाई पूर्व दिशामा राख्नु पनि निकै शुभ मानिन्छ । वास्तुशास्त्रका अनुसार पिरामिडलाई पूर्व दिशामा राख्ने हो भने मान–सम्मानमा वृद्धि हुन्छ ।

साथै अध्ययन गर्न मन नलाग्ने बालबालिकाले अध्ययनको टेबुलमा क्रिस्टल पिरामिड राख्नु उचित हुने वास्तुविज्ञहरू बताउँछन् । यसले अध्ययनमा एकाग्रता बढाउँछ। यसलाई राख्नाले ध्यान केन्द्रित गर्न मद्दत गर्दछ र अध्ययनको राम्रो नतिजा आउँछ। यसबाहेक कमजोर पाचन शक्ति भएका व्यक्तिले पानीको भाँडोमा पिरामिड राख्दा पाचन शक्ति बढ्छ भन्ने विश्वास गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *