नयाँ वर्षको अवसरमा दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न (फोटोफिचर)

डिसी नेपाल
४ वैशाख २०७९ १८:०८

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा शनिबार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न भएको छ। लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने संदेश दिन सफल भएको विश्वास आयोजकले गरेका छन्।

कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन उर्जा दिएको छ। महोत्सवमा कलाकारहरूले प्रस्तुुती दिन थालेपछि माहौल निकै मनोरञ्जनात्मक भएको थियो।

महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एक विशेष कार्यक्रमका बीच औपचारिक शुुभारम्भ गरेका थिए। देशका ९० प्रतिशत बढि जनसंख्याले कोभिड विरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास लिएको अध्यक्ष गोल्छाले बताए।

सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ मुल नाराका साथ आयोजना गरिएको यस महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्नु रहेको थियो। महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्यमा यो महोत्सव आयोजना गरेको हो।

महामारीले अर्थतन्त्रलाई शिथिल पारेको बेलामा यस सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यायसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले बताए ।

महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले साना ठूला सवै उद्यम व्यवसायलाई यस्ता कार्यक्रमले उर्जा प्रदान गर्ने बताइन्। धन्यवाद मन्तव्यका क्रममा रेवानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र वाह्य पर्यटन पुनरूत्थानमा सहयोग गर्न सकियोस भनेर महोत्सव आयोजना गरिएको बताए।

गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु सहित महोत्सव बेलुका ८ः१५ बजेसम्म चलेको थियो भने महोत्सवको करिव १ लाख दर्शकले अवलोकन गरेका थिए। चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरूको प्रस्तुति, नेपाली खाना र उत्पादनहरुको विषेश प्रदर्शनीले महोत्सवलाई आकर्षक बनाएको थियो।

 

महोत्सवमा दिपक बज्राचार्य एण्ड रिदम व्याण्ड, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समुहहरु जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिदै आगन्तुकहरुलाई गीतसंगितले मनोरञ्जन दिएका थिए। साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुती थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *