बिस्का जात्रामा रथले किचेर भक्तपुरमा एक जनाको मृत्यु
भक्तपुर । बिस्का जात्राको रथ तान्ने क्रममा रथले किचेर सोमबार एक जनाको मृत्यु भएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको भक्तपुर अस्पतालले जनाएको छ।
जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेको थियो। रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment