मिचिगनमा नयाँ वर्ष २०७९ मनाइयो

डिसी नेपाल
६ वैशाख २०७९ २१:०१
344
Shares

अमेरिका । मिचिगनको डेट्रोइटमा नयाँवर्ष २०७९ का अवसरम कार्यक्रम सम्पन्न भएको छ। नेपलिज एसोशियशन अफ मिचिगनले अप्रिल ३ आइतबारका दिन नोभी सिभिल सेन्टरमा आयोजना गरेको कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली मौलिक लोक, आधुनिक एवं अंग्रेजी गायन र नृत्य प्रस्तुत गरिएको थियो। नेपाली पोशाक घलेक सहितको कौडा नाच र साना बालबालिकाको प्रस्तुति पनि सार्है मनमोहक रहेको थियो।

कार्यक्रममा नेपलिज एसोशियशन अफ मिचिगनका अध्यक्ष डा. बाबुराम सेढाईले नयाँ वर्षको शुभकामना सहित सामाजिक सेवा बारे प्रकाश पार्दै सम्पूर्णमा सहयोगको लागि आह्वान गरे।

कार्यक्रममा संस्थाका गतिविधिहरु, नेपाली भाषा कक्षा, रोबोटिक्स, डाटाविज्ञान कक्षा लगायतबारे पनि प्रस्तुति दिइएको थियो। कार्यक्रमको संचालन मन्जील बराल र कमल श्रेष्ठले गरेका संस्थाका सचिव सुशील पंगेनीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *