माओवादीबाट एमालेमा प्रवेश गरेका मगरकाे नाम मेयर र वडाध्यक्षमा सिफारिस
महोत्तरी। हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७ वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन् । अघिल्लाे निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए।
तर, चुनावकाे मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षकाे उम्मेदवारमा सिफारिस गरिएकाे हाे। उनी मेयरकाे उम्मेदवारका लागि दाेस्राे नम्बरमा सिफारिसमा परेका हुन् भने वडाध्यक्षमा एकल उम्मेदवारका रुपमा सिफारिसमा परेका छन्।
एमाले बर्दिबास नगर कमिटीले उम्मेदवार छनोट समितिको निर्णयअनुसार मेयरकाे उम्मेदवारमा टेकबहादुर बलाम्पालाई पहिलाे र फाल्गुनलाई दाेस्राे नम्बरमा सिफारिस गरेकाे छ । दुबै पूर्वमाओवादी हुन्।
एमाले बर्दिबास नगर कमिटीका सचिव देवनारायण महतोका अनुसार मेयरकाे अन्य दाबेदारमा चन्द्रलाल क्यापछाकी, गुन्जबहादुर खड्का, कुमार भण्डारी, सारदादेवी थापा, सन्त परियार, केदारबहादुर बस्नेत र पारद पोखरेल पनि छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment