ब्लड प्रेसर हाई भएका व्यक्तिले यी कुराहरु खाँदै नखानुहोस्

डिसी नेपाल
७ वैशाख २०७९ १६:४९

काठमाडौं । रक्तचाप भनेको मुटु खुम्चिदा र फैलिदा रक्त नलीको भित्तामा पर्ने दबाब हो । सामान्यतया रक्तचापलाई मिलिमिटर अफ मर्करी  (mmHg)  मा नापिन्छ । मुटु खुम्चिदा नापिएको रक्तचापलाई “सिस्टोलिक रक्तचाप” (SBP)  भनिन्छ, र मुटु फैलिदा नापिएको रक्तचापलाई “डायस्टोलिक रक्तचाप” (DBP) भनिन्छ । उच्च रक्तचाप भनेको त्यस्तो अवस्था हो जहाँ SBP 140 mmHg बराबर वा सो भन्दा बढी रहिरहन्छ, अथवा DBP 90 mmHg बराबर वा सो भन्दा बढी रहि रहन्छ ।

हाइब्ल्ड प्रेसर अर्थात उच्च रक्तचापका बिरामीहरु दैनिक रुपमा बढ्दो क्रममा रहेको छ । ब्लड प्रेसर हाई आज भोलि आम समस्या जस्तै बनेको छ । सामान्य रक्तचाप भएको ५५ वर्ष भन्दा बढी उमेर भएका व्यक्तिलाई उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ। उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुगति बन्द हुन्छ। २० प्रतिशत बिरामी पक्षाघातबाट मृत्यु समेत हुने चिकित्सकहरु बताउँछन् ।

उच्च रक्तचापको लक्षणहरु:
अधिकांश रोगीहरुमा कुनै पनि लक्षणहरु हुँदैन । लक्षणहरु सामान्यतया नियमित चेक अप वा जटिलताहरु विकास हुने क्रमा पत्ता लगाइन्छ । अत्याधिक उच्च रक्तचापले गर्दा रिङटा लाग्ने, दृष्यमा गडबडी हुने, टाउको दुख्ने, नैराश्य र थकान महसुस हुने जस्ता लक्षणहरु हुन सक्छ ।

उच्च रक्तचापको लागि जोखिम कारकहरु
-धुम्रपान
-अधिक वजन तथा मोटोपन
-शारीरिक रुपमा सक्रिय नभएको
-अत्याधिक मात्रामा नुन खाने
-अत्याधिक मात्रामा मदिरा सेवन गर्ने
-बुढ्यौली
-उच्च रक्तचाप भएका पारिवारिक इतिहास

उच्च रक्तचापको रोकथाम यसरी गर्नुहोस्:

-नुन कम मात्रामा खाने । एउटा स्वस्थ मानिसले प्रतिदिन पाँच ग्रामभन्दा बढी नुन खानु हुँदैन। अझ उच्च रक्तचाप भएको मानिसले २।५ ग्राम भन्दा धेरै खानु हुँदैन।अत्यधिक मात्रामा नुन हुने खानेकुरा जस्तै पापड, ससेज, सिसीको अचार, भुजिया, नुनिलो बिस्कुट जस्तो खाने कुरा सकेसम्म कम खानु पर्छ।

-धेरैसागसब्बी र फलफूल खाने

-धम्रुपान मध्यपान सेवन नगर्ने ।

-बढी तौल भए घटाउने ।

-नियमितरुपमा अभ्यास गर्ने ।

-आफ्नो दिमागलाई तनाब मूक्त राख्ने ।

-तेलमा तारेको खानेकुराहरू जस्तै रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज,पकौडा, तेलमा भुटेको आलु, तारेको मासु, रोस्ट, सेलरोटी सकेसम्म कम खाने ।

ब्लड प्रेसर हाइ भएका बिरामीहरुले खान नहुने चीजहरु:
ब्रेड– सामान्यतया ब्रेड बिहान दैनिक रुपमा प्रयोग गर्ने गर्दछौं । धेरै जसो मानिसहरु बिहान ब्रेडमा जाम मिलाएर खाने गर्दछन् ।ब्रेडमा सोडियम भरपुर मात्रामा पाइन्छ जसको सेवन गर्नाले स्वास्थ्यमा हानी पु¥याउँन सक्छ । यसका साथै ब्रेड बनाउनका लागि मैदाको प्रयोग गरिन्छ,मैदाको प्रयोगले तौल बढाउँन सक्छ । साथै ब्रेडमा पाइने सोडियमले रगतमा फ्लूएड का संतुलन बिग्रनुका साथै ब्लड प्रेसर पनि बढ्दछ ।

सूप–तातो तातो सूप कस्लाई मन पर्दैन होला र ? सूप बनाउँनको लागि धेरै समय र मेहेनत लाग्ने हुनाले मानिसहरु प्याकेट सूपको प्रयोग गर्ने गर्दछन् । तर, प्याकिङ सूपमा पोषण तत्व हुँदैन भने यसमा सोडियम उच्च मात्रामा पाइन्छ । तसर्थ घरमा बनाएको सूपको प्रयोग गर्नु राम्रो हुन्छ ।

चिनी–चिनीले पनि ब्लड प्रेसरको मात्रा बढाउछ यसका साथै चीनीको बढी मात्रामा सेवन गर्नाले तौल बढ्दछ ।जसले सिँधै ब्लड प्रेसरको स्तर बढाउँछ ।

साथै रक्तचापको औषधिको सेवन गर्ने र नगर्ने दुवै बिरामीले कम्तिमा पनि ६ महिनामा चिकित्सकसँग अनिवार्य रूपमा परामर्श लिनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *