सोसाइटी अफ नेप्लिज इन अमेरिकाद्वारा ब्रान्फोर्डमा नयाँबर्ष धुमधामसँग मनाइयो

डिसी नेपाल
७ वैशाख २०७९ १८:५८

काठमाडौं । सोसाइटी अफ नेप्लिज इन अमेरिका ब्रान्फोर्ड कनेटिकटमा अप्रिल १७ सोमबार नयाँबर्ष २०७९ धुमधामसँग मनाइएको छ।

न्यू हेभन अन्नेक्स क्लबमा ठुलो जमघटका बीच औपचरिक कार्यक्रम सोमबार साँझ ६ बजे सुरु भएको थियो। कार्यक्रमको सञ्चालन वर्तमान कार्यसमितिका महासचिव रवी खड्काले गरेका थिए। कार्यक्रममा कलाकारहरुले विभिन्न मनोरन्जनात्मक प्रस्तुतीहरु समेत दिएका थिए।

संस्थाको अध्यक्ष पूर्ण बहादुर लिम्बुलेको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरुसहित ब्रान्फोर्ड लगायत अन्य शहरहरुबाट करिब ३०० जनाको उपस्थिती थियो। कार्यक्रममा प्रमुख अतिथी मनानीय रविन कोमे (कनेटिकट स्टेट रेप्रिजेन्टिटिभ)ले नेपाली समुदायहरुको सख्या बढ्दै गरेकोले आफुले अब नेपाली भाषामै ड्राइभर लाईसेन्सको परिक्षा दिन पाउनको लागि आवश्यक कार्यहरु गरीरहेको जानकारी दिए।

हरेक बर्ष झै यो बर्ष पनि ब्रान्फोर्ड हाईस्कुल छिमेकी स्कुलबाट २०२२ मा ग्र्याजुएट हुने विद्यार्थीहरुलाई १५० अमेरिकि डलर प्रति व्यक्ति र प्रमाण पत्र प्रदान गरिएको थियो।

स्थानिय कलाकारहरुको गायन र नाचगानले कार्यक्रमलाई रोमान्चित बनाएको थियो। स्थानिय कलाकारहरुको संयोजन सदस्य सगुन श्रेष्ठले गरेका थिए। संस्थालाई केही राहत मिलोस भनेर नेपाली ह्यन्डी क्र्याफ्टको सामाग्रीको पनि बिक्री गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *