कोठा भाडामा लिएका सम्पर्कमा नआएपछि घरधनीले कोठा खाली गर्दा गोली र एक किलो नक्कली सुन भेटियो
काठमाडौं । कोटेश्वरस्थित एक घरबाट चार राउन्ड गोली र एक किलो नक्कली सुन बरामद भएको छ। प्रमिला तामाङले भाडामा लिएको कोठा खाली गर्दा सो सामान बरामद भएको हो।
लामो समयदेखि तामाङले लिएको कोठामा बन्द रहेको र सम्पर्क नआएपछि घरधनी सुनमाया श्रेष्ठको निवेदनको आधारमा वडा कार्यालय र प्रहरीले कोठा खानतलासी गर्दा सो सामान बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका एसपी दिनेश मैनालीले बताए।
उनका अनुसार सुन जस्तो धातु बरामद गरेपछि प्रहरीले सुनचाँदी व्यवसायीका प्रतिनिधिलाई त्यही बोलाएर चेकजाँच गराएको थियो। त्यहाँबाट पेस्तोलमा प्रयोग हुने ९ एमएम लेखिएको चार राउन्ड गोली, युइपेङ गोल्ड १ किलो फाइन गोल्ड लेखिएको पहेँलो रंगको धातु, नेपाली सेनाको जर्सी, कम्ब्याट पोसाक, राहदानी लगायत सामान बरामद भएको पनि एसपी मैनालीले जानकारी दिए। उनका अनुसार कोठामा विभिन्न व्यक्तिका नाममा चेक, नागरिकता, कपाली तमसुक, जन्मकुण्डली लगायत पनि बरामद भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment