पुनः उम्मेदवारका लागि लमजुङमा जनप्रतिनिधिले दिए राजीनामा

लमजुङ। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेवारी दिनका लागि जिल्लाका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका छ्न्। लमजुङमा स्थानीय तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिन थालेका हुन्। लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पनि वडाध्यक्ष पदबाट राजीनामा दिएका छ्न्। उनी पुन: एमालेबाट वडाध्यक्षमा उठने भएका छ्न्।
बिहीबार लमजुङको बेशिसहर नगरपालिका वडा नम्बर ५ का वडासदस्य प्रेम बहादुर तामाङले वडाध्यक्षमा उम्मेदवारी दिन वडा सदस्यबाट राजीनामा दिएका छन्।
यस्तै बेसिसहर नगरपालिका ३ का वडासदस्य श्रीकान्त घिमिरेले पनि वडासदस्य पदबाट राजीनामा दिएका छ्न्।
उनले बेसिशहर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन राजीनामा दिएको हुन्। उनीहरु दुबै जना नेपाली काग्रेसबाट उम्मेदवारी दिन लागेका हुन्। ११ वैशाखअघि नै पदबाट राजीनामा दिने तयारी भइरहेको जनप्रतिनिधिहरूले बताएका छन् । लमजुङमा ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन्।
जिल्लामा ७५ वटा वडा छन्। त्यसैगरी जिल्लाका अन्य जनप्रतिनिधिहरूले पनि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पुनः उम्मेदवारी दिन पदबाट राजीनामा दिने तयारी गरिरहेका छन्।
Facebook Comment