सहमहामन्त्री आङ्देम्बेको गृह जिल्ला पाँचथरको पार्टी कार्यालयमा तालाबन्दी

डिसी नेपाल
११ वैशाख २०७९ ८:२५
120
Shares

काठमाडौं। स्थानीय निर्वाचनअन्तर्गत आज मनोनयन दर्ता हुँदै गर्दा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेको गृह जिल्ला पाँचथरको कांग्रेस कार्यालयमा भने तालाबन्दी भएको छ। सदरमुकाम फिदिमको शनिवारे क्षेत्रमा रहेको कार्यालयमा कांग्रेसकै कार्यकर्ता अजेन्द्र वाईवा तामाङले तालाबन्दी गरेका हुन्।

पार्टी नेतृत्वले पार्टी कार्यालयबाट भन्दा पनि फिदिममै रहेको मनश्वी होटलबाट पार्टी गतिविधि सञ्चालन गरेको र पार्टीलाई एक्लौटी ढंगले चलाएका कारण असन्तुष्ट भएर तालाबन्दी गरेको बताए।

पाँचथरमा पार्टी सभापति रुपनारायण जबेगू छन् । उनले आफू निकट पार्टी सचिव दीपक नेपालले सञ्चालन गर्दै आएको होटल मनश्वीमा हरेक कार्यक्रम गर्दै आएका छन्।

जसका कारण पार्टी कार्यालय सुनसान हुने गरेको र प्रायः पार्टीको कार्यक्रमदेखि हरेक गतिविधि मनश्वी होटलबाटै सञ्चालन हुँदा असन्तुष्ट भएर तालाबन्दी गर्न बाध्य भएको तामाङले स्पष्ट पारे। जिल्ला सभापति जबेगू र सचिव नेपाल पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *