काठमाडौं मेयरमा उम्मेदवारी दिएका बालेन शाहको यस्तो छ प्रतिबद्धतापत्र
काठमाडौं। बालेन शाहले काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्नुअघि उनले आइतबार नै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए।
उनको प्रतिबद्धतापत्रमा वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्नेदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन्।
उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरूको होम डेलिभरी गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment