पोखरा महानगर मेयरको टिकट पाएपछि प्रदेश सांसदबाट कृष्ण थापाले दिए राजीनामा

डिसी नेपाल
१२ वैशाख २०७९ १२:०७

पोखरा। पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदबाट राजीनामा दिएका छन्। आज सभामुख नेत्रनाथ अधिकारीलाई उनले राजीनामापत्र बुझाएका हुन्। थापा २०७४ को चुनावमा कास्की २ (क) बाट निर्वाचित भएका थिए।

२०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लागेका हुन्। केही आफ्ना योजनाहरू अधुरा रहेकोले त्यसलाई पूरा गर्न र पोखरा महानगरलाई समृद्ध बनाउन आफुले उम्मेद्वारी दिन लागेको बताएका छन्।

एमालेले आजै दिउँसो १ बजे मनोनयन दर्ता गराउँदै छ। त्यसका लागि तयारी भइरहेको छ। यसअघि दीपक पौडेललाई पोखराको मेयर टिकट दिइएकोमा चौतर्फी आलोचना र विरोधपछि उनको टिकट खोसिएको हो।

उपमेयरमा भने मन्जुदेवी गुरुङ नै दोहोरिने भएकी छिन्। यसअघि आफू नउठ्ने बताएकी मन्जुले थापालाई मेयरको टिकट दिएपछि भने उठ्न राजी भएकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *