बुढानिलकण्ठबाट ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ

डिसी नेपाल
१२ वैशाख २०७९ १३:३४

काठमाडौंकाो बुढानिलकण्ठबाट ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका छन्।

गत शुक्रबार अध्यागमन विभाग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले २२ जना चिनियाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्रेको हो।

शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई झण्डै चार सय मोबाइल सेट, ठूलो संख्यामा ल्यापटप र केही नगदसहित पक्राउ गरिएको हो। पक्राउ परेकामा १० जना महिला र १२ जना पुरुष छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *