काठमाडौंको मेयरका लागि ५६ जनाको उम्मेदवारी, ३५ जना स्वतन्त्र

डिसी नेपाल
१३ वैशाख २०७९ ०:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा ५६ जनाले उम्मेदवारी दिएका छन् । ९ बजेसम्मको तथ्यांक अनुसार सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंह, नेकपा (एमाले)बाट केशव स्थापित, विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत ५६ जनाले उम्मेदवारी दिएका छन् ।

५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन पत्र दर्ता गराएका छन्। यसमध्ये ८ जना महिला छन्।

चितवन भरतपुर महानगरपालिकाको मेयरका लागि ३० जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । त्यस्तै, पोखरा महानगरपालिकाको मेयरमा २४ जनाले उम्मेदवारी दिएका छन् । ललितपुर महानगरपालिकाको मेयरमा १३, वीरगञ्ज महानगरपालिकाको मेयरमा १२ जनाले उम्मेदवारी दिएका छन् । महानगरपालिकामध्ये सबैभन्दा कम मेयरको उम्मेदवारी विराटनगरमा परेको छ । यहाँ ११ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि झण्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् ।

सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानयि तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २२१ हो ।

सबैभन्दा बढी मधेस प्रदेशमा २४ हजार १४३ जनाले मनोनयन दर्ता गराएका छन् ।

यसपछि प्रदेश १ मा १८ हजार ४९९ जना, लुम्बिनी प्रदेशमा १७ हजार ७२० जना, बाग्मती प्रदेशमा १७ हजार २२५ जना, सुदूरपश्चिम प्रदेशमा ९ हजार २० जना, कर्णाली प्रदेशमा ८ हजार ९८४ जना र गण्डकी प्रदेशमा ८ हजार ५३२ जनाले मनोनयन दर्ता गराएका छन्

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सर्वाधिक प्रमुख पदमा मधेस प्रदेशमा १ हजार ५ जना र सर्वाधिक कम कर्णाली प्रदेशमा १ सय ५९ जनाले मनोनयन दर्ता गराए

उपप्रमुखमा पनि सर्वाधिक मधेस प्रदेशमै ४ सय ९५ जना र सर्वाधिक कम गण्डकी प्रदेशमा १ सय १५ जना, अध्यक्षमा सर्वाधिक ७ य ५४ जनाले मधेस प्रदेशमै र सर्वाधिक कम सुदूरपश्चिम प्रदेशमा २ सय २४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

उपाध्यक्षमा पनि मधेस प्रदेशमै बढी उम्मेदवारी परेको छ । त्यहाँ ३८३ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिँदा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १७३ जनाले उम्मेदवारी दिएका छन् ।

यसरी नै वडा सदस्य पदमा सर्वाधिक ३६ हजार ४८८ जनाले मनोनयन दर्ता गराएका छन् ।

वडा अध्यक्षमा २५ हजार ६४ जना, महिला सदस्यमा १७ हजार ४६७ जना र दलित महिला सदस्य १५ हजार ६९७ जनाले मनोनयन दर्ता गराए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *