राष्ट्रसंघका महासचिव आउनुभन्दा ठिक पहिले रुसले भन्यो – ‘विश्वयुद्धको खतरा वास्तविक हो’
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको रुस भ्रमणअघि रूसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसले युक्रेनसँग शान्ति वार्ता जारी राख्ने बताएका छन् । यससँगै उनले तेस्रो विश्वयुद्धको ‘वास्तविक’ खतराबारे पनि चेतावनी दिएका छन् ।
एन्टोनियो गुटेर्रेसले आज रुसको राजधानी मस्कोको भ्रमण गर्ने भएका छन् । यहाँ उनले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गर्नेछन् । त्यसपछि दुई नेताबीच वार्ता पनि हुनेछ ।
गुटेर्रेस अप्रिल २८ मा युक्रेनको राजधानी कीभ जानेछन्, जहाँ उनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट गर्नेछन्। यसअघि आइतवार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घका महासचिवले अप्रिल २६ मा रुसको भ्रमणका क्रममा युक्रेनलाई कडा समर्थन गर्ने आशा व्यक्त गरेका थिए।
जेलेन्स्कीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबाट शतप्रतिशत सहयोगको अपेक्षा गरेका छन् । योसँगै युक्रेनका राष्ट्रपतिले युक्रेनअघि गुटेर्रेसको रुस भ्रमण गलत कदम भएको पनि बताए ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस रुस र युक्रेनको भ्रमण अघि सोमबार टर्की पुगेका छन् । उनले राजधानी अंकारामा राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गरे । त्यसपछि उनीहरु मस्कोका लागि हिँडेका थिए ।
वरिष्ठ रुसी कूटनीतिज्ञ दिमित्री पोलिन्सकीले सोमबार भने ‘मलाई अहिले युद्धविराम राम्रो विकल्प हो जस्तो लाग्दैन।’ उनले कीभले मस्कोसँग सम्झौता गर्न अस्वीकार गरेको साथै कीभले मानव करिडोरमा रूसलाई बदनाम गर्ने प्रयास गरेको बताउँदै भने “युक्रेनले मानव कोरिडोर खोल्ने हाम्रो प्रयाससँग सम्झौता गरिरहेको छ, त्यसैले हामी अहिले युद्धविराम राम्रो विकल्प हो जस्तो लाग्दैन ।
बेलायतका रक्षा सचिव बेन वालेसले सोमबार भने ‘बेलायतले युक्रेनमा एन्टी-एयर मिसाइलहरूका लागि लन्चरसहितको थोरै संख्यामा स्टोर्मर बख्तरबंद गाडीहरू पठाउनेछ।’ वालेसले बेलायती मूल्याङ्कनले रुस र युक्रेनबीचको द्वन्द्वमा करिब १५ हजार रुसी सैनिक मारिएको देखाएको र युक्रेनी सेनाले ५३० ट्याङ्क, ६० हेलिकप्टर र लडाकु विमानसहित २ हजार सशस्त्र सवारी साधन नष्ट गरेको बताए ।







डिसी नेपाल







Facebook Comment