भारतमा धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन: अमेरिका
न्युयोर्क। भारतमा धार्मिक स्वतन्त्रताको अवस्था गत वर्ष ‘निकै बिग्रिएको’ अमेरिकाको एउटा प्यानलले निस्कर्ष निकालेको छ। अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र आयोग (यूएससीआइआरएफ) ले यस्तो निस्कर्ष निकालेको हो।
कथित दुव्र्यव्यवहारलाई लिएर प्यानलले देशविरुद्ध लक्षित प्रतिबन्धहरू लगाउन पनि प्यानलले आह्वान गरेको छ। प्यानलले लगातार तेस्रो वर्ष भारतलाई ‘निश्चित चासोको देशहरू’ को अमेरिकी सूचीमा राख्न अनुरोध गरेको छ।
भारत ‘धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघनमा संलग्न भएको’ प्यानलले आरोप लगाएको छ। ‘वर्षभर भारत सरकारले हिन्दू–राष्ट्रवादी एजेन्डालाई बढावा दिने नीतिहरूको प्रवद्र्धन ग¥यो, जसले मुस्लिम, इसाई, सिख, दलित र अन्य धार्मिक अल्पसंख्यकहरूलाई नकारात्मक असर गर्यो’, प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनमा अगाडि भनिएको छ, ‘सरकारले देशका धार्मिक अल्पसंख्यकहरूलाई प्रतिकूल हुने गरी विद्यमान र नयाँ कानुन र संरचनात्मक परिवर्तनहरू प्रयोग गरी राष्ट्रिय र राज्य दुवै तहमा हिन्दू राज्यको आफ्नो वैचारिक दृष्टिकोणलाई व्यवस्थित गर्यो।’







डिसी नेपाल







Facebook Comment