आणविक हतियार बढाउने प्योङयाङको प्रतिबद्धता
प्योङयाङ। उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक हतियार बढाउने प्रतिबद्धता जनाएका छन्। सोमवार राति आयोजित एउटा सैन्य परेडलाई सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने बाचा गरेका हुन्।
उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ल्यालिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रदर्शन गरिएको थियो। उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक मार्चमा सबैभन्दा ठूलो आइसीबीएम परीक्षण गरेको थियो।
परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा चर्को आलोचना भएको थियो। उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अमेरिकाले उमाथि विभिन्न प्रतिबन्ध लगाएको छ।
परमाणुअस्त्र बोक्न सक्ने गरी बनाइएका ती क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता अमेरिकासम्म छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment