एक रातमै ५०० युक्रेनी सैनिक मारिए

डिसी नेपाल
१३ वैशाख २०७९ १५:४८
7.0k
Shares

काठमाडौं । युक्रेनमा रुसको आक्रमणबीच दुवै देशले विभिन्न किसिमका दाबी गरिरहेका छन् । अब रुसको रक्षा मन्त्रालयले रुसी वायुसेनाले युक्रेनमा रहेका ८७ सैन्य आधार शिविरमा आक्रमण गरेको दाबी गरेको छ ।

यस हमलामा रातभरीमा करिब ५ सय युक्रेनी सैनिकको मृत्यु भएको रुसले जनाएको छ । खार्किवमा दुईवटा हतियार भण्डारलाई निशाना बनाइएको रूसले बताएको छ ।

रक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा कथित रूपमा युक्रेनी सेनाको भण्डारण र मर्मत आधार देखाएको भिडियो पनि पोस्ट गर्‍यो, जुन रूसी सैनिकहरूले अहिले रूसी कब्जामा रहेको बताएका छन्।

यहाँ सैन्य ट्याङ्क र अन्य सवारी साधनहरू देख्न सकिन्छ। हतियार, कागजात र अन्य उपकरण युक्रेनी सेनासँग सम्बन्धित रहेको बताइएको छ । यस्तो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *