भाइको सरकारले पासपोर्ट स्वीकृत गरिदिएपछि नवाज शरीफ स्वदेश फर्किने
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ छिट्टै स्वदेश फर्कने भएका छन् । द एक्सप्रेस ट्रिब्यूनको रिपोर्ट अनुसार शाहबाज सरकारले नवाजलाई नयाँ राहदानी स्वीकृत गरेको छ । नोभेम्बर २०१९ मा नवाजले खराब स्वास्थ्यको कारण देखाउँदै लाहोर उच्च अदालतमा विदेशमा उपचारको लागि जान अनुमतिको लागि आवेदन दिएका थिए। यो अदालतले अनुमोदन गरेको थियो।
लण्डन पुगेपछि नवाजलाई पाकिस्तान फर्किनेबित्तिकै गिरफ्तार हुने डर थियो । ७२ वर्षीय नवाज तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् । इमरानको शासनकालमा उनीमाथि भ्रष्टाचारका धेरै आरोप पनि लागेका थिए । उनको राहदानीको पनि गत वर्ष म्याद सकिएको थियो ।
जियो न्यूजको रिपोर्टका अनुसार पाकिस्तानको गृह मन्त्रालयले नवाजको नयाँ राहदानी साधारण र तत्काल श्रेणीको रहेको जनाएको छ, जसको वैधता १० वर्ष हुनेछ। गृहमन्त्री राणा सनाउल्लाहले मंगलबार नवाजलाई कूटनीतिक राहदानी छिट्टै जारी गरिने बताएका छन् । तीन पटक प्रधानमन्त्री भइसकेका व्यक्तिलाई देशको नागरिकताबाट वञ्चित हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।
इस्लामावाद उच्च अदालतले पूर्व प्रधानमन्त्रीलाई कूटनीतिक राहदानी जारी गर्नेलाई चुनौती दिने याचिका पनि खारेज गरेको थियो। साथै निवेदकलाई ५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ । यस महिनाको सुरुमा, पीएमएल-एन नेता जावेद लतिफले दावी गरेका थिए कि नवाज शरीफ मेको पहिलो हप्ता ईद पछि पाकिस्तान फर्कन सक्छन्।
सरिफले २०१९ मा बेलायत जानुअघि पाकिस्तान फर्कन लाहोर उच्च अदालतमा शपथ पत्र दिएका छन् । यसमा उनले डाक्टरले फिट घोषणा गरेलगत्तै अदालतको प्रक्रियामा भाग लिने बताएका थिए । यद्यपि नवाजले यसका लागि ४ हप्ता मात्र मागेका थिए ।
अल-अजिजिया मिल्स भ्रष्टाचार मुद्दामा सरिफलाई जमानत दिइएको थियो । यस मामिलामा उनी लाहोरको उच्च सुरक्षायुक्त कोट लखपत जेलमा सात वर्षको जेल सजाय काटिरहेका थिए। पीएमएल-एन पार्टीका स्रोतहरूले भने कि नवाज शरीफ फिर्ता आउन र विचाराधीन मुद्दाहरूबाट आफ्नो नाम हटाउन उत्सुक छन्। उनले आफ्नो दुवै सजायलाई इस्लामाबाद उच्च अदालतमा चुनौती दिएका थिए। अदालतमा हाजिर भएपछि यी मुद्दाहरूको पुन: सुनुवाइ हुनेछ।







डिसी नेपाल







Facebook Comment