कराँची विस्फोटमा आफ्ना ३ जना नागरिक मारिएपछि चीनले के भन्यो ?

डिसी नेपाल
१४ वैशाख २०७९ ११:१८
456
Shares

काठमाडौं । कराँची विश्वविद्यालयको कन्फ्युसियस सेन्टरमा भएको बम विस्फोटमा आफ्ना तीन नागरिकको मृत्यु भएपछि चीनले यस विषयमा छानबिन गर्न माग गरेको छ ।

पाकिस्तानस्थित चिनियाँ दूतावासले आफ्नो देशमा रहेका चिनियाँ संस्था, नागरिक र परियोजनाको सुरक्षाका लागि सबै कदम चाल्न र यस्तो दोहोरी नदोहोरियोस् भनी सुनिश्चित गर्ने बताएको छ।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार चिनियाँ दूतावासले यस चरमपन्थी घटनाको कडा निन्दा गरेको छ र घाइतेहरूको पूर्ण उपचारको व्यवस्था गर्न भनेको छ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले विस्फोट लगत्तै चिनियाँ दूतावास पुगेर मारिएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना प्रकट गरेका थिए । उनले यसलाई आतंकवादको कायरतापूर्ण कार्य भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *