युएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी
काठमाडौं। युनाइटेड अरब इमिरेट्स (युएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिएका छन्।
सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।
स्रोतका अनुसार युएईका राजकुमारले गत शुक्रबार पाण्डेको सजाय माफ गरिदिएका थिए। युएइको अदालतले पत्रकार पाण्डेलाई तीन महिना जेल, २० हजार दिराम जरिवाना, नेपाल डिपोर्ट लगायतको सजाय सुनाएको थियो।
सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै अबुधावीस्थित नेपाली दूतावासका पदाधिकारीको उजुरीमा उनलाई उक्त सजाय सुनाइएको थियो।
पत्रकार पाण्डेलाई जेल सजाय सुनाइएपछि नेपालमा त्यसको विरोध भएको थियो। त्यसपछि युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा रहेका प्राज्ञिक व्यक्तिलाई उनको सजाय माफीका लागि गत बुधबार भेटी अनुरोध गरेका थिए।
ती प्राज्ञिक व्यक्तिहरुले युएईका राजकुमार समक्ष कुरा पुर्याएका थिए। त्यसपछि राजकुमारले सजाय माफी गरेको दूतावास तले न्युज कारखानालाई बताएको छ।
नेपाल डिपोर्ट नहुने गरी पत्रकार पाण्डेको सजाय माफी गरिएको दूतावास स्रोतले बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment