चेल्सी र युनाइटेडको बराबरी
काठमाडौं। इग्लिस प्रीमियर लिग (ईपीएल) अन्तर्गत बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १-१ अन्तरको बराबरी खेलेका छन्। युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो।
पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनी गोल गर्न सकेन। दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए। खेलको ६०औं मिनेटमा मार्को एलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर दुई मिनेट मै युनाइटेडले गोल फर्कायो।
माटिकको पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए। बराबरीसंगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ।
चेल्सी ३३ खेलबाट ६६ अंक सहित तेस्रो स्थानमा छ। दुई खेल बढी खेलेको युनाइटेड ५५ अंक सहित छैटौं स्थानमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment