आलमको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा
फाइल फाेटाे।
काठमाडौं। कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा राखिएको छ। सुनुवाइ नसकिएपछि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेकाे हाे।
आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे छ। उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए।
२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment