यसरी निमार्ण हुँदैछ कालापानी जाने बाटो (तस्वीरहरु)
तस्वीरः सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय
काठमाडौं । नेपाली सेनाले दार्चुला-टिंकर सडक ट्रयाक निर्माणको काम सञ्चालन भईरहेको जनाएको छ।

२०७७ बैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम दार्चुला-टिंकर सडक (कोठेधार-टिंकर खण्ड)को ७५ किमी सडक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई प्रदान भएको थियो । २०७७ बैशाख २८ गतेबाट सेनाले सुनसेरा तथा दुम्लिङ्गमा क्याम्प निर्माण कार्य सम्पन्न गरेको छ।

साथै २०७८ माघ १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार तुषारपानी-कोठेधारसम्मको ४ किमी ट्रयाक निर्माण कार्यको जिम्मेवारी समेत नेपाली सेनालाई प्रदान गरिएको थियो। उक्त खण्ड पनि निर्माण कार्य भईरहेको सेनाले जनाएको छ।

सडक विभागबाट खोलिएको गल्थै, सुनसेरा-तुषारपानी (३ किमी) सडक खण्ड २०७८ सालको वर्षाको कारण पहिरो गई क्षति भएकोमा उक्त सडक खण्ड मध्ये गल्थै देखि तुषारपानी खोलासम्म १.५ किमि ट्रयाक सडक विभागबाट पुनःखोलिएको थियो ।

बाँकी सडक खण्डको निर्माण कार्य स्थानीय बासिन्दाको विरोधका कारण अगाडी बढ्न नसकेकोले नेपाली सेनालाई जिम्मेवारी प्राप्त भएको सडक खण्ड निर्माण कार्यमा ढिलाई हुन नदिनको लागि गत चैत १८ गते तुषारपानी खोलामा वैकल्पिक मार्गद्वारा नेपाली सेनाले निर्माण सामग्री पुर्याएको थियो ।


तस्वीरः सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय
No ads found for this position


डिसी नेपाल
Facebook Comment