निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग
काठमाडौं। निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै छ।
स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो। शुक्रबार उम्मेदवारी फिर्ताको कार्यतालिका थियो। त्यसअघि भने आयोगले उम्मेदवारी दर्ता, दाबी–विरोध र उजुरीको जाँचबुझ गरेको थियो।
यी प्रक्रिया पूरा भएपछि आयोगले आज निर्वाचन चिह्न प्रदान गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले दिएको निर्वाचन चिह्नमा मतदाताहरूले उम्मेदवारलाई मतदान दिन्छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment