रियल मड्रिडलाई ला लिगाको उपाधि
काठमाडौं। रियल मड्रिडले ३५औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ। शनिबार राति लिग जित्न एक अंक आवश्यकता रहेको अवस्थामा रियलले स्पानियोललाई ४-० अन्तरले हरायो। रियलले ४ खेल बाँकी रहँदै १७ अंकको अग्रता बनाएर उपाधि जितेको हो।
घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे। यस्तै करिम बेन्जेमा र मार्कुस एसेन्सियोले एक- एक गोल गरे। जितसँगै रियल ३४ खेलबाट ८१ अंक सहित शीर्ष स्थानमा छ । पराजित स्पानियोल ३९ अंक जोडेर १४औं स्थानमा छ।
रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिग उपाधि जित्ने पहिलो प्रशिक्षक बने। एन्सेलोटीले यस अघि प्रिमियर लिग, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानको उपाधी जितेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment