चीनमा कोभिड नेगेटिभ रिपोर्ट बिना सार्वजनिक स्थानमा जान निषेध
काठमाडौं । चीनमा लगातार कोरोना संक्रमणका नयाँ केसहरु आइरहेका छन् । सांघाईमा पाँच साता लामो लकडाउनका बाबजुद पनि कोरोनाका नयाँ केसहरु आइरहेका छन् ।
यसैबीच, बेइजिङमा बसोबास गर्ने मानिसहरूका लागि कडा नियमहरू लागू गरिएको छ। यो नयाँ नियम अनुसार बेइजिङमा बसोबास गर्ने व्यक्तिले कुनै पनि सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि आफ्नो कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।
यी नियमहरू कहिलेसम्म लागु हुने भन्ने कुरा अझै स्पष्ट नभए पनि बेइजिङमा यसअघि पाँच दिन बिदा परेको बेला यी नियम लागू गरिएको हो। यसका साथै, यदि तपाईं बेइजिङमा बस्नुहुन्छ र सार्वजनिक यातायात प्रयोग गर्नुहुन्छ भने, मे ५ देखि, तपाईंले नेगेटिभ परीक्षण रिपोर्ट ल्याउन अनिवार्य हुनेछ।
चीनमा फेरि एकपटक कोरोनाका नयाँ केसहरू तीव्र गतिमा बढिरहेका छन् । अन्य धेरै देशको तुलनामा चीनमा शून्य कोभिड रणनीति अन्तर्गत काम भइरहेको छ। चीनले यो भाइरसलाई पूर्ण रूपमा उखेल्ने प्रयास गरेको छ । गत अप्रिल २२ यता देशमा २९५ नयाँ संक्रमित थपिएका छन् ।







डिसी नेपाल







Facebook Comment