पाइलटले ककपिटमा चुरोट सल्काउँदा विमान दुर्घटना, ६६ जनाको मृत्यु
काठमाडौं । एक पाइलटको चुरोटको तलतलले गर्दा विमानमा सवार सबै ६६ जनाको मृत्यु भएको छ । अनुसन्धानमा यो कुरा बाहिर आएको हो । खासमा, विमानको आपतकालीन मास्कबाट अक्सिजन लिक भइरहेको थियो। त्यसपछि पाइलटले चुरोट सल्काउनेबित्तिकै उडिरहेको विमानको ककपिटमा आगो लागेको थियो ।
फ्रान्सको पेरिस चार्ल्स डे गल एयरपोर्टबाट इजिप्टको राजधानी कायरो जाँदै गरेको एयरबस ए ३२० विमान मे २०१६ मा दुर्घटना भएको थियो। यो विमान रहस्यमय अवस्थामा भूमध्यसागरमा खसेको थियो । मृत्यु हुनेमा १ बेलायती, १२ फ्रान्सेली पर्यटक, ३० इजिप्सियन, २ इराकी र क्यानडाका नागरिक रहेका छन् ।
दुर्घटनापछि दुर्घटनाको कारण पत्ता लगाउनको लागि विमानको ब्ल्याक बक्सको व्यापक खोजी अभियान चलाइएको थियो । अन्ततः ब्ल्याक बक्स अमेरिकी नौसेनाले फेला पार्यो । यो ग्रीस नजिकैको गहिरो पानीमा थियो। त्यतिबेला इजिप्टका अधिकारीहरूले विमान दुर्घटनामा आतंककारीको हात रहेको बताएका थिए ।
तर, अहिले आधिकारिक अनुसन्धानले पाइलट मोहम्मद सईद अली शौकैरको धुम्रपानका कारण दुर्घटना भएको पुष्टि भएको छ । उड्डयन विज्ञहरुको १३४ पृष्ठको प्रतिवेदनमा उनले प्रायः पाइलटको ककपिटमा चुरोट पिउने गरेको उल्लेख छ । विशेष कुरा के छ भने २०१६ को दुर्घटना हुँदा विमानमा चुरोट पिउन प्रतिबन्ध थिएन ।
इटालियन अखबार कोरीरे डेला सेरासँगको कुराकानीमा विज्ञहरूले भने कि मर्मत इन्जिनियरिङले अक्सिजन मास्कलाई सामान्यबाट आपतकालिनमा सारेको थियो। जसका कारण अक्सिजन चुहिन थाल्यो । रिपोर्टका अनुसार सन् २०१६ मे १९ मा बिहान २:२५ बजे अक्सिजन चुहावटको आवाज आउन थालेको थियो । केही मिनेटपछि विमान दुर्घटनाग्रस्त भयो।







डिसी नेपाल







Facebook Comment