विमान अवतणका क्रममा आँधी, १४ यात्रु घाइते

डिसी नेपाल
१९ वैशाख २०७९ १२:०६
292
Shares

नयाँ दिल्ली। मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलाे आँधीको सामना गरेको छ । आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए।

आकस्मिक अवतरणका क्रममा कम्तीमा १४ जना यात्रु र चालक दलका ३ सदस्य घाइते भएका भारतीय समाचार संस्था एनडीटीभीले जनाएकाे छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो। दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको छ।

आँधीले विमान हल्लिएपछि केविनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको थियो। ‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो ’, एक यात्रुले भने । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ।

नागरिक उड्यन महानिर्देशनालयले दुर्घटनाबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *