युद्ध रोक्ने राष्ट्रसंघको पहल सफलता उन्मुख, रूसले गर्‍यो महत्वपूर्ण निर्णय

डिसी नेपाल
१९ वैशाख २०७९ १४:१७
1.9k
Shares

काठमाडौं । रुस र युक्रेनबीच युद्ध जारी छ । अमेरिका र युरोपेली मुलुकले प्रतिबन्ध लगाएपछि पनि रुसले युक्रेनमाथि आक्रमण रोकेको छैन । यसैबीच, संयुक्त राष्ट्र संघको पहलले काम गरिरहेको देखिन्छ।

वास्तवमा हजारौं मानिस युक्रेनी सहर मारिउपोल नजिकैको स्टिल प्लान्टमा केही दिनदेखि फसेका थिए, त्यसपछि संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेर्रेसले पुटिनसँगको भेटमा मारियुपोलमा आक्रमण रोक्न र फसेका मानिसहरूलाई उद्धार गर्न मद्दत गर्न अपिल गरेका थिए।

रुसी राष्ट्रपति पुटिनमाथि संयुक्त राष्ट्रसंघका महासचिवको अपीलको अहिले प्रभाव परेको देखिन्छ । संयुक्त राष्ट्रसंघको निगरानीमा मारिउपोल प्लान्टमा फसेका मानिसलाई बाहिर निकाल्ने काम सुरु भएको छ ।

आइतबार एक सय जनाको पहिलो समूहलाई युद्धक्षेत्रबाट बाहिर निकालिएको छ । युक्रेनी राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रे यर्माकले उद्धार गरिएकामा महिला, बालबालिका र वृद्धवृद्धा रहेको बताएका छन् । तीमध्ये अधिकांश अजोभ्स्तल प्लान्टमा फसेका थिए।

उद्धार कार्य सुरु भएपछि अब यसको श्रेय लिने प्रतिस्पर्धा पनि सुरु भएको छ । एकातिर युक्रेनको राष्ट्रपति कार्यालयसँग सम्बद्ध अधिकारीहरूले सामाजिक सञ्जालमा यो अभियानको जानकारी लगातार पोस्ट गरिरहेका छन् भने अर्कोतर्फ रुसको रक्षा बलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई श्रेय दिन थालेको छ । रुसको रक्षा बलले आइतवार ढिलो एउटा पोस्टर जारी गर्दै पुटिनलाई स्टिल प्लान्टबाट नागरिकहरूलाई मुक्त गरेकोमा धन्यवाद दियो।

अजोभ्स्तल स्टिल प्लान्ट युक्रेनको मारियुपोलको अन्तिम किल्ला हो, जुन अहिलेसम्म रुसी सेनाले कब्जा गरेको छैन। करिब २ हजार युक्रेनी लडाकुसँगै १ हजार सर्वसाधारण पनि यहाँ फसेका छन् । जानकारी अनुसार मारिउपोलका विभिन्न क्षेत्रमा करिब १ लाख मानिस फसेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *