इमरान खान जुनसुकै बेला गिरफ्तारीमा पर्न सक्ने, ८ वर्षसम्म जेल सजाय हुन सक्ने

डिसी नेपाल
१९ वैशाख २०७९ १५:३५
616
Shares

काठमाडौं । साउदी अरबको पवित्र मस्जिद–ए–नवाबीमा प्रधानमन्त्री शाहबाज सरिफविरुद्ध नारा लगाएपछि पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान समस्यामा परेका छन् । फैसलाबादमा इमरान र उनका ५ सहयोगी विरुद्ध मुद्दा दर्ता गरिएको छ । गृहमन्त्री राणा सनाउल्लाहले भनेका छन्– मदिना जस्तो पवित्र धार्मिकस्थलमा राजनीतिक नारा लगाउनु अपराध हो जसलाई माफी मिल्दैन । अब इमरान खान र उनका सहयोगीलाई जुनसुकै बेला पक्राउ गर्न सकिन्छ । साउदी अरेबियाले पनि उनीहरुमाथि कडा कारबाही गर्न सक्छ ।

इमरान बाहेक फवाद चौधरी, शाहबाज गिल, कासिम सुरी, शाहबजादा जहाँगीर खान, अनिल मुसरत र शेख राशिद विरुद्ध मुद्दा दर्ता गरिएको छ । मदिनामा नारा लगाउने शेख रसिद शफिकलाई साउदी अरबबाट इस्लामावाद फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो । शफिद इमरान सरकारमा गृहमन्त्री रहेका शेख रसिदका भतिजा हुन्। ती सबैलाई पवित्र तीर्थस्थलमा नारा लगाएर धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाइएको छ । यदि यो आरोप प्रमाणित भएमा ५ देखि ८ वर्षसम्म कैद र भारी जरिवाना हुनसक्छ ।

उता, साउदी अरेबियाले मदिनामा नाराबाजी गर्ने इमरानका समर्थकहरुको कडा आलोचना गरेको छ । रिपोर्टका अनुसार १५८ जना पक्राउ परेका छन्। उनीहरुने ३ वर्ष कैदसँगै साउदी रियाल जरिवाना पनि तिर्नुपर्नेछ । साउदी अरेबियाको सरकारले शाहबाज शरिफविरुद्ध पाकिस्तान वा लण्डनबाट मदिना पुगेका र मंगलबार साहबाज शरिफविरुद्ध चोरको नारा लगाउँदा मदिनामा उपस्थित भएकाहरूबारे पाकिस्तानको शाहबाज शरीफ सरकारसँग जानकारी मागेको छ। पाकिस्तानको विदेश मन्त्रालयले साउदीले मागेको जानकारी दिने बताएको छ ।

नयाँ सरकारमा गृहमन्त्री राणा सनाउल्लाहले आइतबार दिउँसो जियो न्यूजसँगको कुराकानीमा दोषी सबैलाई कडा कारबाही गरिने स्पष्ट पारेका छन् । राणाले भने– दुईवटा कुरा छन् । पहिलो, यी मानिसहरूले हाम्रो पवित्र इबादतगाहमा राजनीतिक नारा लगाए र अरूको भावनामा चोट पुर्‍याए। दोस्रो, अर्को देशको माटोमा आफ्नो देशलाई बदनाम गरे। हामी अनुसन्धान गर्दैछौं र देशको गद्दारको रूपमा वर्गीकृत गर्न सकिन्छ।

पाकिस्तानकी सूचनामन्त्री मरियम औरङ्गजेबले मदिनामा भएको विरोध प्रदर्शनको पछाडि पूर्व प्रधानमन्त्री इमरान खानको हात रहेको बताएकी छिन् । उनले भनिन्- म यो पवित्र ठाउँमा त्यो व्यक्तिको नाम लिने छैन, किनकि म यो ठाउँलाई राजनीतिको लागि प्रयोग गर्न चाहन्न। इमरान खानले पाकिस्तानी समाजलाई बर्बाद पारेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *