वर्षाका कारण दोस्रो टी-२० स्थगित
काठमाडौं।नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्बेलाई ब्याटिङ निम्तो दिएका थिए ।
वर्षा हुनुअघि जिम्बाब्बेले चार ओभर तीन बलमा दुई विकेटको क्षतीमा ४८ रन बनाउदा खेल रोकिएको थियो ।एक पटक पानी रोकिएर खेल सुरु हुने अवस्थामा खेल १८ ओभरमा खेलाइने निर्णय भएको थियो । तर, पुनः वर्षा हुँदा खेल सुरु हुन सकेन ।
पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्थ्यो । तर, सफल हुन सकेन।
तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ ।नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्बेसँग खेल्न लागेको हो ।
यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछि तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment