चारवर्षे बालकले आमाको कार सुटुक्क लिएर हिँडे

डिसी नेपाल
१९ वैशाख २०७९ १६:२२
84
Shares

काठमाडौं । द नेदरल्यान्ड्समा एक चारवर्षे बालकले आफ्नी आमाको कार सुटुक्क चलाएर सडकमा पुर्‍याएपछि उक्त घटनाको चर्चा भएको छ।

युट्रेक्ट सहरमा शनिवार बिहानै ती बालकले चलाएको कार पार्क गरेर राखिएका अन्य दुई सवारीसाधनमा ठोकिएको थियो। त्यसपछि पाइजामा लगाएका ती बालक कारको ढोका खोकेर खाली खुट्टा बाहिर निस्किएका थिए।

चिसोमा एउटा बालक एक्लै हिँडिरहेको देखेपछि प्रत्यक्षदर्शीहरूले प्रहरीलाई खबर गरेका थिए।

उक्त दुर्घटनामा कोही पनि घाइते भएन। प्रहरीले आफ्नो इन्स्टाग्राममा घटनाबारे जानकारी दिँदै ठट्यौलो पारामा “नयाँ माक्स भेर्स्टापेन” फेला परेको लेखेको छ। भेर्स्टापेन फर्म्युला वनका विश्वविजेता हुन्।

प्रहरीका अनुसार ती बालक शनिवार बिहान आफ्ना बुवा काममा जान लाग्दा उठेका थिए अनि आमाको कारको साँचो बोकेर बाहिर निस्किएका थिए।

एक्लै हिँडिरहेका बालकलाई लिन प्रहरीहरू गएकै बेला नजिकै पार्क गरिएका दुईवटा गाडीमा आएर जोतिएको एउटा कारबारे प्रहरीले जानकारी पायो। कारधनीको नाम पत्ता लागेपछि प्रहरीले उनलाई खबर गर्‍यो। कारधनी ती बालककी आमा थिइन्।

प्रहरीले ती बालकले स्टीअरिङ घुमाए जसरी गाडी चलाएको नक्कल गरेको बतायो।

“त्यसपछि हामीलाई थाहा भयो ती बालक नै चालक रहेछन्,” प्रहरीले इन्स्टाग्राममा लेखेको छ।

उनकी आमा आउन्जेलसम्म प्रहरी चौकीमा राखिएका ती बालकलाई त्यहाँ हट चकलेट र एउटा खेलौना दिइयो।

त्यसपछि आमा र छोरालाई लिएर प्रहरी दुर्घटनास्थलमा गयो। त्यहाँ ती बालकलाई गाडी कसरी चल्यो भनेर सोधिएको थियो।

उनकी आमा आउन्जेलसम्म प्रहरी चौकीमा राखिएका ती बालकलाई त्यहाँ हट चकलेट र एउटा खेलौना दिइयो।

त्यसपछि आमा र छोरालाई लिएर प्रहरी दुर्घटनास्थलमा गयो। त्यहाँ ती बालकलाई गाडी कसरी चल्यो भनेर सोधिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *