अतिरिक्त महानिरीक्षकमध्ये उपयुक्त सिंहलाई महानिरीक्षकः सरकारका प्रवक्ता

डिसी नेपाल
१९ वैशाख २०७९ १८:२५
116
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षकहरुमध्ये सबैभन्दा उपयुक्त देखिएका धीरजप्रताप सिंहलाई महानिरीक्षक पदमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को यही वैशाख १८ गते भएको बैठकले अतिरिक्त महानिरीक्षकहरुमध्ये सबैभन्दा उपयुक्त देखिएका सिंहलाई महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई महानिरीक्षक पदमा नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको जानकारी दिए।

बैठकले कोष तथा लेखा नियन्त्रण कार्यालय, खोटाङका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग थप पाँच वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री कार्कीले बताए ।

यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) (दोस्रो संशोधन) आदेश, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका तीन जना अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *