आइपीएल : कोलकोत्ता विजयी, राजस्थान पराजित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स विजयी भएको छ।
सोमबार बेलुकी भएको खेलमा कोलकोत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकोत्ताले १९ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
यसअघि राजस्थानले ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो। अहिलेसम्म १० खेलमा ४ मा जित र ६ मा हार व्यहोरेको कोलकोत्ता तालिकाको सातौं स्थानमा छ। १० खेलमा १२ अंक जोडेको राजस्थान लिगको तेस्रो स्थानमा छ । उसले अहिलेसम्म खेलेको १० खेलमध्ये ६ मा जित र ४ मा हार व्यहोरेको छ।
प्रतिक्रिया
Facebook Comment