स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्ट कांग्रेसबाट निष्काशित

डिसी नेपाल
२१ वैशाख २०७९ १४:५३
160
Shares

सुर्खेत। स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्टलाई नेपाली कांग्रेसबाट निष्काशित गरिएको छ। विष्टले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा स्वतन्त्र उपप्रमुखको उम्मेदवारी दिएका थिए।

पार्टीको नीति, विधिविपरीत गतिविधि गरेको भन्दै पार्टीका जिल्ला कार्यसमितिको निवर्तमान सदस्य विष्टलाई कारबाही गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका उपसभापति सन्तोष केसीले बताए।

पार्टीका आधिकारी उम्मेदवारविरुद्ध विष्टले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको र उनीसँगै उनलाई समर्थन गर्ने प्रस्तावक चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई पनि पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *