चुनावी प्रचारप्रसारको लागि थाहा नगरपालिकाका मेयर विष्टको राजीनामा

डिसी नेपाल
२२ वैशाख २०७९ १८:४२

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार दिउँसो नगरपालिका उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजीनामा दिएका हुन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारको लागि राजीनामा दिएको उनले बताए । निर्वाचन आचारसंहिता अनुसार बहालवाला मेयरले चुनाव प्रचारप्रसारमा जान नमिल्ने भएपछि राजीनामा दिएको उनले बताए । उनी गठबन्धको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विष्णु विष्ट ‘आदर्श’को चुनावी अभियानमा लाग्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *