प्रचण्ड पुगे जनकपुर, देउवा पनि जाने

डिसी नेपाल
२४ वैशाख २०७९ ८:३०
84
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन्। त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन्।

त्यसअघि पार्टीको दुईवटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाने भएका छन्।

पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा ठाउँठाउँमा गर्दै छ । चुनावको प्रचार गर्ने समय केही दिन मात्र बाँकी रहेको बेला गठबनधनका नेताहरू चुनावी अभियानमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *