चुनावी कमान्डर बनेर खटिँदै लिङ्देन
काठमाडौं। राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोकेर चुनावी अभियानमा निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज कास्कीको पोखरा जाँदैछन्। पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। लिङ्देन पोखराको कार्यक्रमपछि भने नेपालगञ्ज जानेछन्।
स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन उनी आफैं चुनावी कमान्डर बनेर खटिएका हुन्। उनले राप्रपाको शक्ति निर्वाचनमार्फत प्रकट हुने बताउँदै आएका छन्। पार्टीको पक्षमा जनमत देखिएको भन्दै एक्लै निर्वाचन लडेर २०७४ सालमा भन्दा धेरै स्थानीय तहमा निर्वाचन जितिने पनि उनको दाबी छ।
तर, उनको पार्टी विभाजित छ । गएको माघमा पार्टीको लामो समय नेतृत्व गरेका नेता कमल थापा अलग भए। हाल थापा नेतृत्वको दल राप्रपा नेपाल एमालेसँगको तालमेलमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment