सोनाक्षी सिन्हाले गरिन् इंगेजमेन्ट

डिसी नेपाल
२६ वैशाख २०७९ १२:५९

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले इन्गेजमेन्ट गरेकी छिन् । अभिनेत्रीले आफ्नो जीवनको यो ठूलो खुसीको खबर आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत आफ्ना फ्यानहरूसँग सेयर गरेकी छिन् । सोनाक्षीको अचानक इन्गेजमेन्टको खबरले फ्यानलाई चकित बनाएको छ तर यो खबर सुनेर फ्यानहरू खुसी पनि छन् ।

सोनाक्षीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तीन फरक फोटो सेयर गरेर आफ्नो इन्गेजमेन्टको खबर सार्वजनिक गरेकी छिन् । एउटा तस्बिरमा दबंग गर्ल सोनाक्षी आफ्नो इन्गेजमेन्ट रिंग देखाइरहेकी छिन् । सोनाक्षीको लभिङ फियोन्सेले उनको हात समातेको देखिन्छ । तर, सोनाक्षीको मायालु पार्टनर को हो भन्नेमा सस्पेन्स भने कायमै छ किनभने अभिनेत्रीले तस्बिरमा आफ्नो पार्टनरको अनुहार देखाएकी छैनन् ।

 

View this post on Instagram

 

A post shared by Sonakshi Sinha (@aslisona)

दोस्रो तस्बिरमा सोनाक्षी आफ्नो प्यारो पार्टनरको काँधमा मायालु हात राखेर पोज दिईरहेकी छिन् । त्यही क्रममा तेस्रो तस्विरमा सोनाक्षी आफ्नो पार्टनरको हात समातेर मुस्कुराइरहेकी छिन् । सोनाक्षीको मिलियन डलरको मुस्कानले उनको खुसीलाई बताइरहेको छ । सोनाक्षीले आफ्नो पार्टनरको नाम भने खुलाएकी छैनन् तर सोनाक्षीको मंगेतरसँगको रोमान्टिक पोजले दुवैको सम्बन्धको गहिराइ बताइरहेको छ ।

 

View this post on Instagram

 

A post shared by Sonakshi Sinha (@aslisona)

सोनाक्षीले फ्यानसँग यो खुसीको खबर साझा गर्दै क्याप्सनमा आफ्नो खुशी र उत्साह पनि व्यक्त गरेकी छिन् । सोनाक्षीले एउटै क्याप्सनमा सबै तस्विर शेयर गरेकी छिन् । अभिनेत्रीले लेखेकी छिन्– ‘यो मेरो लागि ठूलो दिन हो । मेरो सबैभन्दा ठूलो सपनाहरू मध्ये एउटा साकार हुन लागेको छ र म तपाईंहरू सबैसँग साझा गर्न पर्खन सक्दिन।

 

View this post on Instagram

 

A post shared by Sonakshi Sinha (@aslisona)

सोनाक्षी सिन्हाको इन्गेजमेन्टको खबरले फ्यानलाई निकै खुसी बनाएको छ । तर अभिनेत्रीको इंगेजमेन्टको खबर थाहा पाएपछि फ्यानहरु अहिले त्यो लक्की चार्मिङ को हुन् भन्ने जान्न उत्सुक छन्, जसलाई अभिनेत्रीले आफ्नो साथी बनाउने निर्णय गरेकी छन् । अभिनेत्रीले पार्टनरको नाम भने खुलाएकी छैनन् तर रिपोर्टका अनुसार यो लक्की चार्मिङ अरु कोही नभई ‘नोटबुक’ फेम अभिनेता जहीर इकबाल हुन् ।

सोनाक्षी र जहिरको डेटिङको खबर लामो समयदेखि चर्चामा छ । लामो समयदेखि यी दुईबीच केही न केही चलिरहेको खबर आइरहेको छ । तर, दुवैले डेटिङको खबरलाई कहिल्यै पुष्टि गरेका छैनन् । अब सोनाक्षीको पार्टनर जहीर इकबाल हुन् वा अरु कोही हुन्, त्यो पनि चाँडै थाहा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *