टि-२० मा धोनीको दोहोरो शतक, बन्यो विश्वरेकर्ड

डिसी नेपाल
२६ वैशाख २०७९ १४:५४

काठमाडौं । भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीले क्रिकेट जगतमा अर्को ठूलो कीर्तिमान बनाएका छन् । यस मामिलामा उनले दिग्गजहरूलाई पनि पछि छाडेका छन्। धोनीको वरिपरि पनि कोही छैन । धोनी टी–२० क्रिकेटमा विकेटकिपरका रुपमा २०० क्याच लिने पहिलो खेलाडी बनेका छन् ।

धोनीले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनी इन्डियन प्रिमियर लिग (आईपीएल) मात्र खेलिरहेका छन् । आईपीएलमा चेन्नई सुपर किंग्स टोलीको नेतृत्व गरिरहेका धोनीले आइतबार दिल्ली क्यापिटल्स विरुद्धको खेलमा यो क्याच रेकर्ड बनाएका थिए।

दिल्ली टिमविरुद्धको खेलमा धोनीले दुई क्याच लिएका थिए । यसमा उनले सबैभन्दा पहिले रोभम्यान पावेललाई शिकार बनाएका थिए । यसपछि धोनीले शार्दुल ठाकुरको दोस्रो क्याच लिए । योसँगै उनले विकेटकिपरका रूपमा टी–२० ढाँचामा क्याचको दोहोरो शतक पनि पूरा गरे ।

धोनीले अहिलेसम्म विकेटकिपरका रूपमा कुल ३४७ टी–२० खेल खेलेका छन् जसमा २०० क्याच लिएका छन् । धोनीले यी सबै खेलहरू टीम इन्डिया, चेन्नई सुपर किंग्स र राइजिङ पुणे सुपरजायन्ट्सका लागि मात्र खेलेका थिए।

धोनीले यी ३४७ टी–२० खेलमा कुल २८४ शिकार गरेका छन् । यस अवधिमा ८४ स्टम्पिङ भएका छन् । यो रेकर्डको मामिलामा धोनीको नजिक पनि कोही छैन। उनीपछि दोस्रो नम्बरमा भारतका दिनेश कार्तिक छन्, जसले विकेटकिपरका रूपमा अहिलेसम्म २९९ टी–२० खेल खेलेका छन्, जसमा उनले १८२ क्याच लिएका छन् । कार्तिकले ६१ स्टम्पिङसहित कुल २४३ विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *