एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छः अध्यक्ष ओली
गण्डकी।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन्।अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे ।
नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज पोखरामा आयोजित चुनावीसभामा उनले जनताले नेकपा एमालेलाई विश्वास गरेको बताउँदै जनताबाट प्राप्त मतलाई सुरक्षित गरी मतगणनासम्म लैजान पार्टीका कार्यकर्ताहरुलाई निर्देशन पनि दिए।
एमाले सरकारमा रहँदा मुलुकमा विकासको लहर सुरु हुने र शासन व्यवस्थामा पनि सुधार आउने उनको दाबी थियो ।उनले नेकपा एमालेलाई विभिन्न रुपमा सिध्याउने प्रयासहरू गरिएका भन्दै उनको आसन्न निर्वाचनमा एमालेले विजय हासिल गर्ने विश्वास व्यक्त गरे।
पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै अध्यक्ष ओलीले तीन वर्षको जेल जीवनका बसाइमा पोखरालाई राम्रैसँग चिन्ने र अनुभव गर्ने अवसर पाएको स्मरण गरे।वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारलाई सूर्य चिह्नमा मतदान गरेर समृद्धि र विकासका पक्षमा उभिन उनले आग्रह गरे।






डिसी नेपाल





Facebook Comment