आज काठमाडाैंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बाेधन गर्ने
काठमाडाैं। स्थानीय तहकाे निर्वाचनकाे माैन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयाेजना गर्ने भएको छ ।
एमाले काठमाडौं जिल्ला कमिटीकाे आयाेजनामा दिउँसाे २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम छ ।
एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा-वडादेखि आउने जुलुस/र्याली सभा स्थल जानेछन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment