खोटाङका मतदान केन्द्रमा पठाइए निर्वाचन सामग्री

डिसी नेपाल
२७ वैशाख २०७९ १७:२१

खोटाङ । स्थानीय तह निर्वाचनका लागि खोटाङका मतदानस्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइएको छ । ३० वैशखमा हुने निर्वाचनका लागि सुरक्षाकर्मी र कर्मचारीका साथमा मतपत्र, मतपेटिका, स्वस्तिक चिन्ह, मतदाता नामावली लगायतका निर्वाचन सामग्री पठाइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र अन्य निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमार्फत मतदान स्थल र मतदान केन्द्रमा पठाइएको हो । १० स्थानीय तह रहेको जिल्लामा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयमार्फत मतदानस्थल र मतदान केन्द्रमा मत पेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, नङमा लाउने मसी, छेकाबार, लाहा छाप, पोलबुक, सुरक्षण सिल, मैनबत्ती, मत पेटिका स्टिकर, मतदाता नामावली, मतदाता परिचय–पत्र पठाइएको छ । यस्तै, रबर म्याट, स्टाप्लर, कैंची, ग्लुस्टिक, पञ्चिङ मेसिन, प्राथमिक उपचार बाकस, सेनिटाइजर, निर्वाचन निर्देशिका, अनुसूचि, स्टेसनरीका सामान पठाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *