उदयपुरमा ९८ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था

डिसी नेपाल
२९ वैशाख २०७९ ६:१८

उदयपुर। जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएको छ। उदयपुरमा ३६ वटा मतदान स्थल मात्र सामान्य सूचीमा वर्गीकरण गरिएको छ।

उदयपुरमा ९८ वटा मतदान स्थल अन्तर्गत २ सय ५८ वटा मतदान केन्द्र छन्। मतदान केन्द्रमा १ हजार ६ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘जिल्लाका सबै स्थानमा रिर्जभ फोस पनि परिचालन गरिएको छ।

मतदान स्थलमा स्टाइकिङ् टोली पनि खटाइएको छ,’ प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले भने, ‘निर्वाचनलाई लक्षित गरेर केही समुहले निर्बाचन बहिष्कार लगायतका गतिविधीलाई पनि नियालेर सुरक्षा व्यवस्था पुरै कडाई गरिएको हो।

उदयपुरमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलसहित अन्य स्वतन्त्र गरि १ हजार ४ सय ३२ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा छन्। ती उम्मेदवारहरुलाई पनि सुरक्षा प्रदान गर्न सुरक्षाकर्मीले निगरानी राख्ने जानकारी दिए ।

यहाँ सुरक्षाको लागि नेपाल प्रहरीका ६ सय ११ जना, म्यादी प्रहरी १ हजार ५ जना, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘तीन घेरा सुरक्षा नीति अनुसार भित्री कोर टीममा नेपाल प्रहरीसँगै म्यादी प्रहरी, त्यसपछि सपोर्टिङ्मा सशस्त्र प्रहरी र बाहिरी घेरामा सेनाको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादबले जानकारी दिए।

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन गर्नु पर्ने सम्पूर्ण काम सकिएको बताउँदै जिल्लामा चार तहमा सुरक्षाकर्मी परिचालन भइ सकेको प्रमुख जिल्ला अधिकरी यादवले जानकारी दिए ।

जिल्लामा अतिसंबेदनसिल र संबेदनसिल मतदान स्थलमा थप्प सुरक्षामा बम डिष्पोजल सहितको टोलीलाई परिचालन गरि तैनाथ गरिएको छ । स्थानीय निर्वाचन सफल बनाउन र उदयपुरको शान्ति सुरक्षा मजबुद बनाउनका लागि चौबिसै घण्टा सेना परिचालन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *